दाङमा पहिलो दिनको एसएलसी परीक्षा शान्तिपुर्ण

रेखा मगर
दाङ, १८ चैत्र । आज देखि सुरु भएकोे यस बर्षको एसएलसी परिक्षा अन्तर्गत आज पहिलो दिनको परिक्षा दाङमा शान्तिपुर्ण रुपले सम्पन्न भएको छ । अनिवार्य अंग्रेजी विषयको परिक्षा ४२ वटै केन्द्रमा शान्तिपुर्ण, मर्यादित र स्वच्छ वातावरणमा परिक्षार्थीहरुले परिक्षा दिएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो ।

SLC-exam

शिक्षा अधिकारी मैनालीसहितको टोलीले आज देउखुरी क्षेत्रका परिक्षा केन्द्रमा अनुगमन समेत गरेको छ । आज अनुगमनका क्रममा देउखुरीको आदर्श उच्च मावि देउपुर, सनलाईट वोर्डिङ स्कुल, बालजनता उच्च मावि र सर्वोदय उच्च माविमा पुगेर परिक्षावारे जानकारी लिएको मेनालीले जानकारी दिनुभयो ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षामा केहि विद्यार्थीहरु अनुपस्थिगत रहेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । यसवर्ष जिल्लामा १४ हजार २ सय ८६ जना परिक्षार्थीमध्य केहि विद्यार्थीहरु आजको परिक्षामा अनुपस्थित रहेको सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्सालले जानकारी दिनुभयो ।

देउखुरीको दादर्श उमाविमा नियमिततर्फ २, ईक्जाम्टेडर्फ ५ जना, सनलाईट वोर्डङमा नियमिततर्फ २ जना, इक्जाम्टेडतर्फ ४ जना र वालजनता उमाविवाट नियमिततर्फ ४ र इक्जाटेडतर्फ ९ जना अनुपस्थित रहेको उहाँले वताउनुभयो । अन्य परिक्षा केन्द्रवाट पनि केहि परिक्षार्थीहरु अनुपस्थित भएको र जानकारी आउने क्रम जारी रहेको शिक्षा कार्यालयले जनाएको छ ।

यस्तै सर्वोदउ उमाविवाट २ महिनाको सुत्केरी रहेकी एक छात्राले पनि परिक्षा दिनुभएको छ । यसैविच, एलएलसी परिक्षा अन्तर्गत घोराहीमा क्षेत्रमा ६ वटा परिक्षा केन्द्रवाट एसएलसी परिक्षा सन्चालन भईरहेको छ । गोरक्ष रत्ननाथ मावि चौघेरा, पपनउमावि भरतपुर, गोर्खा उच्च मावि, सरस्वति मावि काठेकोहल, वालविकास मावि घोराही र उच्च मावि रझेना रहेका छन ।

About Kesharman Bc