माओवादी एकताको हल्ला स् भ्रम र सत्यता

JR-Vaidya-Photo-1-155x82

झपेन्द्रराज वैद्य

बर्गीय मुक्तिको नारा दिने माओबादीहरु अहिले ४–५ चिरामा बिभक्त भएका छन् । कुनै कार्य दिशा र बिचार छोडेर संसदीय भासमा गएका छन् भने कुनै कार्यदिशा र सिद्धान्त एउटै हुँदा हुदै कुर्सीको लोभमा बिभाजन भएका छन् । कुनै पार्टीले भने यथास्थिति सोँचको कारण क्रान्ति अगाडि बढन नसकेको भनी पार्टी अलग गराएका छन् ।

ने।क।पा क्रान्तीकारी माओबादी र ए।ने।क ।पा।माओबादीको एकीकरणको हल्ला निकै चलेको छ । मिडियामा पनि प्रशस्तै कुराहरु आएका छन् । यो सत्य हो । तर बिचार, सिद्धान्त र कार्यदीशालाई आधार बनाउने हो भने अहिले नै एकीकरण भैहाल्ने कुरा भने होइन । एउटा पार्टी सत्तामा छ । अर्को सडकमा छ । एउटा १६ बुँदे सहमती बनाएर सत्ताधारी गठबन्धनमा बाँधिएको छ र २०७२को संबिधान सभाले बनाएको संबिधानलाई बिश्वको उत्कृष्ट संबिधान भन्दै आएको छ ।

अर्को क्रान्तीकारी माओबादीले भने यो संबिधानलाई कालो संबिधान मानेको छ । १६ हजार जनयुद्धका सहीदहरुको सपना र बृहत शान्ति संझौतालाई आत्मसात गर्न नसकेकोे यसले राष्ट्रीय स्वाधीनता, जनतन्त्र र जनजीबिकाको हल गर्नसक्दैन भनी संबिधान सभालाई नै बहिस्कार गरेको थियो । बास्तबमा यस्तै हबिगत भएको छ । थारुवान, मधेशी र जनजातिहरुले यो संबिधान बिरुद्ध संघर्ष गर्दै आएका छन् । ५–६ महिनासम्म चलेको तराईको आन्दोलनले मानिसको जनजीबिकालाई नै ठप्प पा१यो । यस आन्दोलनमा ५०–५५ जना मानिसहरुले आफ्नो ज्यान नै उत्सर्ग गरे । । पछिल्लो रंगेलीको घटनामा सरकारले सर्ब साधारण मान्छेहरुलाई मारेर आफ्नो कायरता एकपटक फेरि प्रकट गरेको छ । अखण्ड सुदुर पश्चिमको नारा दिनेलाई कैलाली टीकापुरको घटनाले पाठ सिकाएको अनुभुत हुन्छ ।

तराईको आन्दोलनको कारण जनताले नाकाबन्दीको पीडा सहनु प¥यो । सरकारले कुनै बिकल्प खोज्न सकेन । अहिले मधेशीहरु थाकेर आन्दोलन बन्द भएको छ । नाकाबन्दी पनि खुलेको छ । यो अघोषित वा घोषित मधेशीको निहुँमा भारतले लगाएको नाका बन्दी हो । सामन्त र दलाल पूजिपतिको नेतृत्वमा भएको आन्दोलन हो तराई आन्दोलन । तर पनि जनजीबिकाको सबालमा यो आन्दोलन जनआन्दोलनमा परिणत भएको थियो । सारमा यी घटनाहरुले के देखाउँछन् भने संबिधानको अकर्मण्यताले नै जनस्तरबाट यी कुराहरु घटन गएका हुन् । यसले माओबादीले भनेको कुरा सही थियो भन्ने साबित हुन्छ । जहासम्म ९० प्रतिशत भोट आएको कुरा गरिएको छ तिनै भोट दिएका सर्ब साधारण र नेपाली काङ्गे्रश सभासदहरु लगाएतले मधेशी आन्दोलन समर्थन गर्न पुगेका थिए ।

अर्को कुरा मार्शल लगाएर चुनाब गरिएको कुरा त सर्बबिदितै छ । यस बिषयलाई एमाओबादीले कुरा त उठाएको थियो तर पछि सत्ता लोभले आलोचनात्मक समर्थन गर्न पुग्यो । यस संबिधानमा केही सकारात्मक कुरा भए पनि कार्यकारी राष्ट्रपति लगायत सबै तहमा समाबेशी प्रतिनिधित्व तथा महिला , जातजाति अल्प संख्यक, दलित र उत्पीडित बर्गको सम्बोधन हुन सकेको छैन । सीमाङ्कनको पनि टुंगो लागेको छैन । जसको सिता खाई उसैको गीत गाई भने जस्तो सरकारमा बसेकाहरुले बिश्वको उत्कृष्ट संबिधान भन्नु स्वभाबिकै हो ।

सुख त पुरानै संसदीय सत्तामा बस्न सुख हुन्छ । गाडी र सलामी अनि सुरक्षाको अनुभूति । नूनको झोसो बस् । मलामाल । क्रान्तीमा आउन कुनैले डाकेर हुँदैन । भित्री ह्रदयमा आत्म समर्पण गर्दैन भन्ने तातो लाग्यो भने मात्र मान्छे आन्दोलनमा आउँदछ । अन्यथा बदलिदो परिस्थिति भन्यो तर मा¥यो । भीरमाबाट लड्नेलाई राम राम बाहेक के पो गर्न सकिन्छ ररु
एचबअजबलमब९द्यबष्मजथब
यहाँ भन्न खोजिएको कुरा के हो भने पार्टी एकता गर्नेहरु एउटा पश्चिम अर्को पूर्व फर्केका छन् । एउटाले माग्छ घाम अर्कोले माग्छ पानी भने जस्तै दुबै अति त नभनौँ दुबैको दृष्टिकोण भिन्न छ । कि त क्रान्तीकारी माओबादीले आफ्नो मिशन र कार्य दिशा छोडनु प¥यो या त ए।माओबादीले यथास्थिितिबाद छोडेर पहिलैकै बाटो अग्रगमनमा आउनु प¥यो । के भनेर पार्टी छुट्यो के भनेर जोडिन्छ पार्टी रु अरु मिल्न सक्ने मुद्दा भए पनि संबिधान र गठबन्दनको सरकार छोडेर नया जनबाद पुरा गर्न आउन सक्छ या सक्दैन ए।माओबादीरु जनयुद्धको जगमा जनबिद्रोहको कार्य दिशा दुबैले समात्ने हो वा दुबैले छोडने होरु यस बिषयमा स्पष्ट हुनुपर्छ । पार्टी एकता गरिहाल्ने अरु कुरा पछि बहस चलाउदै जाने भनेर कुर्सीको हतारो गर्ने हो भने केही भन्नु छैन । फेरि भांड भैलो हुन्छ ।

यहाँ ब्यक्तिगत लिनु दिनु केही छैन । खाश क्रान्ती र परिवर्तनको कुरा हो । सुख त पुरानै संसदीय सत्तामा बस्न सुख हुन्छ । गाडी र सलामी अनि सुरक्षाको अनुभूति । नूनको झोसो बस् । मलामाल । क्रान्तीमा आउन कुनैले डाकेर हुँदैन । भित्री ह्रदयमा आत्म समर्पण गर्दैन भन्ने तातो लाग्यो भने मात्र मान्छे आन्दोलनमा आउँदछ । अन्यथा बदलिदो परिस्थिति भन्यो तर मा¥यो । भीरमाबाट लड्नेलाई राम राम बाहेक के पो गर्न सकिन्छ ररु
सत्ताँमा बस्नेलाई यो मैदान हुन्छ । सत्ता छोड्यो कि त्यही सत्ता अभिशाप बन्छ ।
पर्टी एकीकरण हुनुपर्छ । यो राम्रो पक्ष हो । एमाओबादी र क्रन्तीकारी माओबादी मात्र होइन ने।क।पा माओबादी बिप्लभ सँग पनि एकीकरण गर्नुपर्छ । मतृका र मणि थापाको समूहसँग पनि पार्टी एकता गर्नुपर्छ । अझ सक्ने होृ भने ने।क।पा। मसालसँग पनि पार्टी एकता गर्नुपर्छ । एउटै सिद्धान्त र बिचार मानेर आउने हो भने एमाले पनि बिकल्प छैन । यस अवस्थामा दुई तीहाइ बहुमतले बाम पन्थीहरु बिजयी हुने छन् । यो अलि परैको कुरा भए पनि माओबादीहरु त मिल्न सक्दछन् ।

एमाओबादीमा पनि कैयौ नेता र कार्यकर्ता परिवर्तन र क्रन्तीको पक्षमा छन् । पार्टी मिल्नुको कुनै बिकल्प छैन भनेर सबैले बहस चलाइ रहेका छन् । अब शीर्ष नेताहरुले यो गाँठो फूकाउनु पर्छ । एमाओबादीमा पनि बरिष्ठ नेता कृष्ण बहादुर महरा एकीकरणको सवालमा लागिरहनु भएको देखिन्छ । यो एकताको उज्ज्वल पक्ष हो । हुने बिरुवाको चिल्लो पात भनेजस्तै पहिले पार्टीहरु राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकाको लागि कार्यगत एकतामा लाग्नुपर्छ । सम्भब भए सम्म यसको थालनी भोलि जनयुद्ध दिबसबाट नै गर्नु पर्छ । यसैको जगमा पार्टी एकता गर्नुपर्छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*