काठमाडौं, ४ बैशाख । बागमती सफाई अभियानपछि चक्रपथ सरसफाइ अभियान प्रारंभ भएको छ । चक्रपथमा बढदो फोहरलाई ध्यानमा राखी चक्रपथ सफाई अभियान प्रारंभ गरेकोमा शहरी बिकास मन्त्री अर्जुननरसिह केसीले खुशी ब्यक्त गरेका छ । यो अभियानमा सरकारको पनि सहभागिता रहने जानकारी गराएका छन् ।

chakrapath 9ग्रिनसिटी अस्पतालले सयोजन गरेको सो चmक्रपथ सफाई अभियानमा स्थानीय नागरिक अभियानताहरु, लायन्स क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिका , यति हेल्थ साइन्स एकेडेमी, होटल ब्यबसायी लगायतको सहभागिता रहेको छ ।
चक्रपथ सफाई अभियानको उदघाटन गर्दैै शहरी बिकास मन्त्री प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्ने समय आएको र परिबर्तनको प्रारंभ प्रत्येकले आफैबाट गर्नुपर्ने बताएका छन् ।

पहिलो चरणमा नयाँ बसपार्कदेखि नारायणगोपाल चोक सम्म सफाई गरिने भएको छ । पहिलो दिनको एक घण्टाको सफाई अभियानमै १० टन भन्दा बढी फोहर संकलन गरी महानगरपालिको गाडी मार्फत फोहर संकलन केन्द्रमा पुरयाइएको ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं बागमति सफाई अभियनता लोकबहादुर टण्डनले बताएका छन् ।

पहिलो दिनको सफाई अभियानमा मात्रै ५ सयको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा हुने सफाई अभियान थप प्रभाबकारी हुने बिश्वास आयोजकहरुले गरेका छन । चक्रपथ सफाइ अभियान प्रारंभ भएपछि अब सडकका छेउ छाउ कुनै पनि ब्यबसायीले समान राख्न नपाउने भएका छन ।